६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

देशले आज २९ औँ प्रधानन्यायाधीश पाउँदै



काठमाडौं ।
चोलेन्द्रशम्शेर राणाले २९ औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै हुनहुन्छ । राणाले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यभार सम्हाल्नुहुने छ । राणाले झण्डै चारवर्ष प्रधानन्यायाधीशको रुपमा काम गर्न पाउने छन् । यसअघि २०४८ सालदेखि २०५२ सालसम्म विश्वनाथ उपाध्यायले पाँचवर्षका लागि सर्वोच्च अदालतको प्रधानन्याधीशको जिम्मेबारी सम्हालेका थिए ।
वीर शमशेरका पनाति पुस्ताका सदस्य चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशको पदमा पुगेसँगै उनका अगाडि अदालतलाई सुधारेर लैजाने पर्याप्त अवसर र चुनौती छन् । राणासमक्ष पछिल्ला केही वर्षदेखि धुमिल बन्दै गएको अदालतको छवी सुधार गर्न पर्याप्त अवसर रहेको काननुविद भीमार्जुन आचार्य बताउँछन् ।
‘प्रधानन्यायाधीश पदमा रहिरहन चार वर्ष लामो समय पाउने भएकोले छोटो अवधी पाएका प्रधानन्यायाधीशको भन्दा फरक रुपमा काम गरेर देखाउने ठूलो अवसर राणाले पाएका पाउनु भएको छ । अदालतमा न्याय प्रभावित पार्ने काम गरिरहेका विचौलियालाई नियन्त्रण गरी स्वच्छ न्याय पाइन्छ भन्ने जनआस्था वृद्धि गर्नु राणाका लागि प्रमुख चुनौती रहेको आचार्यको बुझाई छ ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : ४७ बजे