६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

आयोनको अध्यक्षमा ऐर, प्रदेश नं. ५ बाट उपाध्यक्षमा अधिकारी निर्वाचित



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल युवा संस्था सञ्जाल (आयोन) को १३ औं साधारण सभा तथा सातौ महाधिबेशन हेटौडामा सम्पन्न भएको छ । सो महाधिबेशनबाट जगदिश ऐरको अध्यक्षतामा २१ सदस्सिय नयाँ कार्य समिति चयन गरिएको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा तुल्सीराम चौलागाई प्रदेश नं. १ को उपाध्यक्षमा देवका ढुंगेल, २ को उपाध्यक्षमा सिताराम यादव, प्रदेश न ३ को उपाध्यक्षमा अशोक खनाल, प्रदेश नं ४ को उपाध्यक्षमा नारायण कंडेल, प्रदेश नं ५ को उपाध्यक्षमा थानेश्वर अधिकारी, प्रदेश नं ६ को उपाध्यक्षमा मुना शाही, प्रदेश न ७ को उपाध्यक्षमा दिपेन्द्रराज जोशी रहनु भएको छ त्यसैगरी महासचिवमा निरज बाग, सचिवमा सञ्जय कुशवाह, कोषाध्यक्षमा जित बहादुर खड्का रहनु भएको छ भने सदस्यहरुमा क्रमश सुपेरियर चन्दन ,बिपना शर्मा, बिकल राई, अनिस आचार्य, पुष्पा यादव, ज्योती झा लगायत रहेका छन् ।
देश भरीका ९२ वटा युवा संस्थाहरुको छाता संगठनका रुपमा रहेको आयोन सन् २००५ मा स्थापना भएको हो । यो संस्थाले देश भरिका युवाहरुलाई एकिकृत गर्दे बिभिन्न दातृ निकाय र नेपाल सरकारसँग समन्वय गर्दै युवा लक्षित कार्यक्रम संचालन गर्दे आइरहेको छ साथै राज्यका हरेक निति निर्माण र निर्णय प्रकृयामा युवाहरुको अर्थपुर्ण सहभागिताका लागी निरन्तर रुपमा पैरवी र अभियान संचालन भैरहेको आयोनका निवर्तमान अध्यक्ष तथा युवा अभियान्ता हिमाल महतले जानकारी दिनभएको छ ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : २९ बजे