६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

छात्रबृत्ती बाँडेर स्ववियु सभापति खत्रीले मनाए जन्मोत्सव



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीका स्ववियु सभापति सुशील खत्रीले गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रबृत्ती वितरण गरेर जन्मत्सोव मनाउनुभएको छ । सिद्धार्थ क्याम्पस प्राङ्गणमा एक कार्यक्रमका बीच सभापती खत्रीले १० हजार बराबरको छात्रबृत्ती वितरण गरेर जन्मोत्सव मनाउनुभएको हो । जन्मदिनको अवसरमा उहाँले सिद्धार्थ क्याम्पस कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई करिव १० हजार बरावरको छात्रवृत्ति वितरण गरेको बताइएको छ ।
छात्रबृत्ती वितरण कार्यक्रममा बोल्दै सभापती खत्रीले जन्मदिनको अवसरमा फुजल खर्च गरेर केही नहुने देखेर आफुले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा सहयोग होस भन्ने हेतुले छात्रबृत्ती वितरण गरेको बताउनुभयो ।
जन्मोत्सव समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै क्याम्पस प्रमुख बालाराम ज्ञवालीले स्ववियु सभापतीले गरेको काम उदाहरणीय रहेको बताउनुभयो । कतिपय जेहन्दार विद्यार्थी आर्थिक अभावकै कारण क्याम्पस पढ्नबाट बञ्चित रहेको भन्दै स्ववियु सभापतिले प्रदान गरेको रकमले अध्ययनमा थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
यता जन्मदिनको अवसरमा स्ववियु सभापतीले छात्रवृत्ती वितरण गरेको भन्दै कतिपय विद्यार्थीले खुसी व्यक्त गरेका छन । जन्मदिनको अवसरमा फजुल खर्च गरी मनोरञ्जन गर्ने तरिकाको अन्त्य भएको भन्दै सामाजिक कार्य गरी जन्मदिन मनाउने आफुहरुले प्रेरणा पाएको विद्यार्थीको भनाई छ ।
स्ववियु सभापति खत्री अनेरास्ववियुका जिल्ला नेता पनि हुनुहुन्छ । लामो समय देखि विद्यार्थी राजनीतिमा सक्रिय खत्री विद्यार्थीका दुख सुखका साथी पनि हुनुहुन्छ ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  २ : ४८ बजे