७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

अदालतबाट फरार व्यक्ति पक्राउ



काठमाडौँ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले अदालतबाट भागेको व्यक्तिलाई पक्राउ गरेको छ । परिसरको टोलीले चोरी मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०७३ जेठको फैसलाअनुसार रु छ लाख ९० हजार जरिवाना र कैद सजाय सुनाएका लालकाजी गुरुङ यही पुस ११ गते अदालतमा बुझाइ भर्पाइ लिने क्रममा भागेका थिए । प्रहरीले उनलाई गत शुक्रबार सिन्धुलीबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले अदालतबाट हतकडीसहित भागेका गुरुङलाई सम्भावित स्थानमा खोजी गर्दा शुक्रबार सिन्धुलीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ८ : ५६ बजे