५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बैतडीमा चिसोका बिरामी बढे



बैतडी ।
बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा। जगदीशचन्द्र विष्टका अनुसार अस्पतालमा दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेका छन्। बिरामीमध्ये रुघाखोकी, ज्वरो, दम र निमोनियाका बढी भएको अस्पतालले जनाएको छ। दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित श्रीकोट स्वास्थ्य चौकीमा पछिल्लो समय रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढेको स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताए। यस्तै, दशरथचन्द नगरपालिकाको देहीमाण्डौ चिसोका बिरामी बढेका छन्। चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। साथै अनावश्यक रुपमा बाहिर हिँड्डुल नर्गन पनि सुझाएका छन्।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : ४४ बजे