५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

चोरीको काठ गाउँलेले समाते, तस्कर टिपरसहित फरार



दाङ ।
लुकाएर लैजान थालिएको सालको काठ उपभोक्ताले नियन्त्रणमा लिएर वन डिभिजन कार्यालयको जिम्मा लगाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ देविकोटबाट टिप्परमा लोड गरेर घोराही लैजान थालिएको २ सय ६५ थान सालको कडि उपभोक्ताले नियन्त्रणमा लिएर वन डिभिजन कार्यालयको जिम्मा लगाएको उपभोक्ता टंकनाथ चौधरीले जानकारी दिए ।

रातिको समयमा चोरी गरेर लग्न थालिएको काठ नियन्त्रणमा लिइएको हो । वन कार्यालयले काठको नाप जाँच गरिरहेको छ । काठ बोक्ने टिप्पर रातिनै भागेको छ । काठ अनलोड गरेपछि टिप्पर भागेको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : २४ बजे