५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

घोराहीमा थारू महोत्सव आयोजना गरिने



घोराही ।
थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा मघौटा नाचको विशेष प्रस्तुत रहनाका साथै थारू परिकारका रूपमा घोङी, ढिक्री, अनदी चामलको भात, माछा, सुँगुरको मासुलगायतको स्टल राखिने संयोजक चौधरीले जानकारी दिनुभयो । त्यसैगरी महोत्सवमा परम्परागत हस्तकला, थारू भाषाका पुस्तक प्रदर्शनी पनि गरिने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले घोराहीमा प्रदेश नं ५ स्तरीय पोल्टी महोत्सव गर्ने भएको छ । आउँदो माघ १० गतेदेखि २० गतेसम्म ‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ सो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
उक्त महोत्सवममा मनोरञ्जनका साथै प्रदेश नं ५ को पहिचान झल्किने पोल्ट्रीजन्य वस्तुको प्रदर्शनी एवं बिक्री हुने समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ४ : १४ बजे