५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

एक वर्षमा पाँच सय ८६ जानले गराए गर्भपतन



सन्धिखर्क ।
अर्घाखाँचीमा गएको वर्षमा पाँच सय ८६ जनाले गर्भपतन गराएका छन । जिल्ला अस्पताल तथा मेरी स्टोप्स सेन्टरमा गएर पाँच सय ८६ जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला जनस्वास्थ्य कार्यलयका निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताहरुको संख्या बढेको एक तथ्यांकले देखाएको छ ।
सरकारले असुरक्षित यौन सम्पर्कबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न नागरिक सचेतनासँगै निःशुल्क अस्थायी साधन उपलब्ध गराउन थालेपछि प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुंदै गएको तथ्यांकले देखाएको हो ।
सुरक्षित गर्भपतनको क्षेत्रमा काम गरिरहेको सुनौलो परिवार नेपाल, मेरी स्टोप्स नेपाल अर्घाखाँचीले प्रदान गरेको सेवा तथ्यांकले यस्तो देखाएको हो । मेरी स्टोप्स नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा पत्रकार सम्मेलनमार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो । शाखा प्रमुख दिपक शर्माले गोप्यताको साथमा सुरक्षित सेवा प्रदान गरिरहेको भन्दै ढुक्क भएर सेवा लिन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ११ : ३५ बजे