५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

खेतमा पानी लगाउन हिँडेका युवक मृत भेटिए



दाङ ।

खेतमा पानी हाल्न गएका प्यूठानको गौमुखी गाउँपालिका‐६, लिवाङका स्थानीय युवा १७ वर्षीय गणेश घर्ती मगर खेतनजिकै  मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बुधबार बिहान खेतमा पानी लगाउन जान्छु भन्दै घरबाट निस्किएका खड्का बिहीबार साँझसम्म घर आएका थिएनन् । खोज्दै जाँदा खड्कालाई बिहीबार राति ११ः ३० बजे मृत अवस्थामा खेतभन्दा करिब १५ मिटर टाढा भेटिएको थियो । मृत शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक खड्कालाई कसैले मारेको आशंका गरिएको छ । घटनास्थल नजिकै कोदालो भेटिएको, मृतकको टाउकोमा चोट भएकोले कोदालोले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख वुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ११ : ३२ बजे