५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रकाण्डलाई फेरी पक्राउ पूर्जी जारी



काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशअनुसार जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ पूर्जी टाँसेको हो ।

प्रहरीले प्रकाण्डको कालिकोट माल्कोटमा रहेको घरनजिकै एक विद्यालयमा बिहीबार पक्राउपूर्जी टाँसेको स्थानीयवासीले जनाएका छन्। सरकारले गठन गरेको वार्ताटोलीको समयाअवधि सकिएलगत्तै प्रहरीले प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसेको हो ।

प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरले बम विष्फोट गराई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरेको छ भने जिल्ला अदालत संखुवासभाले बम विष्फोट संगठित अपराध गरेको अभियोगमा पक्राउ पूर्जी जारी गरेको छ ।

भोजपुर जिल्ला अदालते मंसिर ८ गते  र संखुवासभा जिल्ला अदालतले कातिक १६ गते पक्राउ पूर्जी जारी गरेको छ । यसअघि प्रकाण्ड चन्दा असुलीको आरोपमा साउन २२ गते पक्राउ गरी झण्डै ५० दिनपछि छुटेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ४ : २१ बजे