५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

अर्घाखाँचीमा २५ करोडको सुुन्तला उत्पादन



सन्धिखर्क ।
अर्घाखाँची जिल्लामा यस वर्ष करिब २५ करोडको सुुन्तला उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । गत वर्ष २० करोड ५० लाख रुपैयाँको सुुन्तला उत्पादन भएकोमा यस वर्ष झन्डै पाँच करोडले वृद्धि हुुने कार्यालयको अनुुमान रहेको कृषि प्रसार अधिकृत थीरलाल गैरेले बताउनुभयो ।
जिल्लामा उत्पादन हुुने सुुन्तलामध्ये पाँच करोडको सुुन्तला जिल्लामै खपत हुुने बाँकी जिल्लाबाहिर पठाइने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १२ सय हेक्टर क्षेत्रफलमा सुुन्तला खेती गरिएकोमा ८४ सय मेट्रिक टन सुुन्तला उत्पादन हुुने अनुुमान गरिएको छ । आठ सय हेक्टरमा सुुन्तला र चार सय हेक्टरमा मौसम, किन्नुुलगायत फलफूल उत्पादन भएको छ । यो वर्ष मौसम राम्रो भएकाले सुुन्तला उत्पादनमा करिब २० प्रतिशतले वृद्धि भएको गैरेले बताउनुभयो ।
सुुन्तला बिक्री गर्न कृषकलाई कुुनै समस्या छैन । अहिले बुुटबल, पाल्पाका व्यपारीले घरमै आएर बोटबाटै सुुन्तला खरिद गर्ने गरेका छन् । रुखबाटै सुुन्तला बिक्री हुने हुनाले बेच्न कुुनै समस्या नहुुने पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युुत गौतमले बताउनुभयो ।
पाणिनि गाउँपालिका १ पणेना सिम्लेका रेवति पौडेलले सुुन्तला खेतीबाट वार्षिक १० लाख आम्दानी गर्नुहुन्छ । उहाले करिब ३० रोपनी जग्गामा सुुन्तला खेती गर्नुभएको छ । यो वर्ष पनि उहाले करिब ११ लाखको सुुन्तला उत्पादन गर्नुभयो ।
जिल्लामा उत्पादन भएको सुुन्तला बुुटवल लैजाने गरिएको कृषकको भनाइ छ । बुुटवल बाहेक कपिलवस्तुु, पाल्पा, गुुल्मी र भारतका केही ठाउँमा पनि यहाँको सुुन्तला जाने गर्छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ४ : १२ बजे