५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रदेश नं. ३ को बर्खे अधिवेशन समापन



हेटौँडा ।
प्रदेश नं ३ प्रदेशसभाको बर्खे अधिवेशनको समापन गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशसभाको दोस्रो अधिवेशनको गत जेठ १ गतेदेखि शुरु गरिएको बैठक यही पुस १२ गते ६१औँ पटक बसी सम्पन्न गरिएको हो । प्रदेशसभा सचिवालयमा गत चैत २ गतेदेखि हालसम्म २८ विधेयक दर्ता भएका र पहिलो अधिवेशनमा प्राप्त सात विधेयकमध्ये प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेशस्तरका केही सार्वजनिक लिखित प्रमाणीकरण विधेयक, गाउँ, नगर तथा जिल्ला सभा सञ्चालन सम्बन्धी विधेयक पारित भएको बताइएको छ ।

पहिलो अधिवेशनमा दर्ता भएर पारित हुन बाँकी मुख्यमन्त्री तथा मन्त्रीको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित चार विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश राजधानीको विषय अदालतमा मुद्दा परेको र हाल विचाराधीन भएकाले सभामा प्रस्तुत नगरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ४८ बजे