५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन



भक्तपुर ।
बिरामी भएर घरमै थला परेका चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा शुक्रबार दिउँसो १२ बजे आफ्नै निवासमा निधन भएको छ ।

भक्तपुरको चाँगुनारायण नगपालिका–७,आफ्नै निवासमा लामोसमयदेखि पक्षघातलगायत विभिन्न रोगले थलिनु भएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झना लामिछानेले जानकारी दिनुभयो ।

‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’।।।, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’।।।, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर।।।’जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भैरहेको थियो ।
उहाँको पार्थिव शरीरलाई दाह संस्कारका लागि घाटतर्फ लैजाने तयारी भइरहेको छोरी सम्झनाले बताउनुभयो । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ९ : ४६ बजे