५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रियसभा नियमावली संशोधन समिति गठन



काठमाडौं ।

राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो ।

नियमावलीमा एउटा बैठक र अर्को बैठकको दूरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संसोधन गर्न लागिएको हो ।

नियमावलीको धारा ६ को १ मा सभाको बैक बस्ने दिन तोक्दा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेमा बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिन भन्ज्दान बढी हुने गरि तोकिने छैन  भन्ने उल्ल्लेख छ ।

नियमावलीले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै उपाध्यक्षले पनि बैठकको अध्यक्षता गर्ने व्यवस्थासहित नियमावली संशोधन गर्न लागिएको हो ।

नियमावलीले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै विद्यमान यो व्यवस्थालाई पनि संसोधन गर्न लागिएको हो ।

मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिल कुमारी रावल थापा ९पार्वती०,परशुराम मेघी गुरुङ, प्रमिला कुमारी,रामनारायण विडारी,विन्दादेवी आले९राना०,वृषेशचन्द्र लाल र शेर बहादुर कुँवर सदस्य रहेका छन् ।

यो विधेयक माथिको संसोधन प्रस्तावका लागि पुस १६ गते अपरान्ह १ बजे सम्मको समय निर्धारण गरिएको छ । अर्को बैठक पुस २० गते शुक्रबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ८ : ०१ बजे