५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘मह’जोडीलाई नाट्यश्वर दीर्घ कलाकारिता सम्मान



काठमाडौं ।
‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड भने यही माघ १२ गते शनिबार काभ्रेको बनेपामा सम्पन्न गरिने बताइएको छ ।
अवार्ड समारोहमा तामाङ्ग सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पपविधामा कलाकारहरु सहभागी हुँदै छन् । कुल ४४ विधामा हुने उक्त अवार्डमा प्रदेश र राष्ट्रिय स्तरका कलाकारको समायोजनसमेत बताइएको छ ।
अवार्डमा लोक गायक शिवनारायण जोशीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने बताइएको छ ।
कार्यक्रममा कलाकारिता क्षेत्रको एक अभिन्न अंगसमेत मानिने वरिष्ठ हास्यकलाकार जोडी हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई नाट्यश्वर दीर्घ कलाकारिता सम्मानबाट सम्मनित गरिने बताइएको छ । यस्तै नाट्यश्वर दशक सम्मान अन्तर्गत बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मान अन्तर्गत नेपालकी पहिलो नायिका भूवन चन्दसँगै रामचन्द्र कोइराला, उत्तम केसी, चैत्यदेवी सिंह, जीवन पराजुली, गायिका रमिला न्यौपानेलगायतलाई प्रदान गरिँदै छ ।
नाट्यश्वर विशेष सम्मानबाट सरु थापा, नाट्यश्वर उत्कृष्ट संस्था सम्मान हारती इङ्ग्लिस स्कुल, नाट्यश्वर प्रतिभा सम्मान रोमा न्यौपाने, नाट्यश्वर विशेष सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोला थापा सम्मानित हुने भएका छन् ।
नेपाली कला संगीत क्षेत्रमा रहेर योगदान दिँदै अहिले काभ्रे जिल्लाको रोशी गाउँपालिकाको प्रमुख भएर कार्य गरिरहेका डीबी लामालाई नाट्यश्वर कला सम्मान गरिने भएको बताइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ७ : ११ बजे