५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रासायनिक ट्याङ्की सफा गर्ने क्रममा मलेसियामा दुई नेपालीको मृत्यु



मलेसिया ।
मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ ।
रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खस्नुभएको थियो ।
यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस हुनुभएको थियो । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले  जानकारी दिनुभयो ।
अहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ७ : ०२ बजे