५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तिलोत्तमा नगरपालिकामा नयाँ शक्तिको ५ महिने अभियान



तिलोत्तमा ।
नयाँ शक्ति पार्टी, नेपाल तिलोत्तमा नगरपालिकाको नगर कमिटीको बिहीबार बसेको वैठकले २५ सदस्यीय नगरस्तरीय अभियान परिचालन समिति गठन गरेको छ । पुरुषोत्तम कंडेलको संयोजकत्वमा उक्त समिती गठन गरिएको हो ।
नयाँ शक्तिको जारी ५ महिने संगठन निर्माण अभियानमा नगरपालिकाबाट उत्कृष्ट नतिजा ल्याउने उद्देश्यका साथ अभियान परिचालन समिति गठन गरिएको पार्टीका नगर संयोजक बाबुराम पौडेलले बताउनुभयो ।
नगरपालिकाको बैठकमा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा प्रदेश ५ का प्रवक्ता मनिकर कार्कीले सरकारको कार्यशैलीकै र असंगतिपूर्ण व्यवहारका कारण नागरिकमा वितृष्णा बढ्दै गएकोले अब पारम्परिक राजनीतिकै विकल्प खोज्ने बेला आएको बताउनुभयो । उहाँले नयाँ शक्तिले त्यही विकल्प प्रस्तुत गर्न खोजेको बताउँदै ५ महिने अभियानले नागरिकमा आशाको सञ्चार गर्ने बताउनुभयो ।
त्यस्तै पार्टीका रुपन्देही जिल्ला संयोजक किस्मत वि.कले पार्टीमा आवद्ध अभियन्ताहरुको संख्यात्मक हिसाव सानो भएपनि गुणात्मक हिसाबले सबैभन्दा ठूलो भएको बताउँदै नयाँ शक्तिले उठाएको ५ स को सिद्धान्तलाई सवैले पालना गरे सांच्चिकै समृद्ध मुलुक बन्ने बताउनुभयो ।
कार्यक्रममा संघीय परिसद सदस्य नर बहादुर सुनारले नयाँ शक्तिले अघि सारेका मद्दाहरु सांचिकै नमूना भएकोले त्यसको सिको अन्य पार्टीले गर्नुपर्ने वताउनुभयो ।
नगर संयोजक बाबुराम पौडेलको अध्यक्षता तथा संचालनमा सम्पन्न कार्यक्रममा पार्टीका सांगठनिक विकासक्रम तथा विगतका कार्यक्रमको समिक्षा गर्दै नगर अभिप्रेरक जयन्ता भण्डारी काराखेतीले संगठन निर्माण अभियानलाई टोलटोलमा पुर्याउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ६ : ४९ बजे