५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बयर घारीमा एक पुरुषको शब फेला



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ८ कठौतिया स्थित बयर घारीमा अन्दाजी ७० बर्षको पुरुषको शव भेटिएको हो । शबलाई  देखेपछि स्थानियले सिमा प्रहरी चौकी हर्दौना कपिलवस्तुमा खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ प्रहरी नायव निरिक्षक देब बहादुर बि.क.को कमाण्डमा ४ जनाको टोलि घटना स्थल पुगेको थियो । तराई मुलको जस्तो देखिने उक्त शवको सनाखत हुन सकेको छैन ।

शब २, ३ दिन पहिलेको जस्तो देखिएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ४९ बजे