५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गोरुसिंगे–तौलिहवा सडकखण्डमा सवारी दुर्घटनाबाट एक जनाको ज्यान गयो



कपिलवस्तु । 

गोरुसिंगे–तौलिहवा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि बिहीबार तौलिहवामा एक युवकको मृत्यु भएको छ ।

गोरुसिंगेबाट तौलिहवातर्फ आउँदै गरेको लु ३७ प ६९६५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ४६ प २३६३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा कपिलवस्तु नगरपालिका–१, चौक बजारका ३० वर्षीय निराजन गुप्ताको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेका २ मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका गुप्ताको जिल्ला अस्पताल तौलिहवामा उपचार गराई थप उपचारका लागि भैरहवा लैजाँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कपिलवस्तु नगरपालिका–१, चौक बजारका हरि बर्माको बुटवलमा र अर्का घाइते बुद्धभूमि नगरपालिका–१, का ३५ वर्षीय गौरव थारुको भैरहवामा उपचार भइरहेको छ ।

घाइते वर्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । असुरक्षित ढंगबाट तीव्र गतिमा सवारी साधनहरु चलाउँदा त्यस सडक खण्डमा बढी दुर्घटना हुने गरेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो ।

प्रकाशित मिति : १२ पुस २०७५ बिहिबार ००:००  ११ : ३६ बजे