५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लागु औषध सहीत एक युवा पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।

तौलिहवा–मर्यादपुर सडक खण्ड अन्र्तगत कपिलवस्तु नगरपालिका– ५ दलदलाहमा प्रतिबन्धित लागु औषध स्मास्मो सहीत एक जना युवा पक्राउ परेका छन । भारतको खुनुवा बजारबाट लु १६ प ७५८७ नम्बरको मोटरसाइकलमा सवार भई तौलिहवा तर्फ आईरहेका बेला कपिलवस्तु नगरपालिका– १२ औरहीयाका पुन्नवासी केवट पक्राउ परेका हुन ।

प्रहरीले खानतलासी गर्दा उनीबाट १२ चक्की स्मास्मो बरामद भएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताउनुभयो । केवटमाथी लागु औषधको मुद्दा चलाई अदालतबाट म्याद थपिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७५ बिहिबार ००:००  २ : ४६ बजे