५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पाकिस्तानी सेनाको आक्रमणबाट दुई नेपालीको मृत्यु



भारत ।
भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीहरु पाकिस्तानी सेनाको आक्रमणमा मारिएका छन् ।रुपन्देहीको तिलोत्तमा(९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २र८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् ।त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  ९ : २९ बजे