५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रामेछापमा आगलागीबाट ६० लाखको क्षति



रामेछाप ।
रामेछाप नगरपालिका वडा नम्बर–८, माथिल्लो बजारमा बुधबार बिहान लागेको आँगलागीबाट ६० लाख रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ । आगलागीबाट रामेछाप नगरपालिका वडा नम्बर ७ मा रहेको छतिवने खानेपानी उपभोक्ता समितिले पाइप खरिद गरी ल्याएको झण्डै ६० लाख मूल्य बराबरको पीपीआर पाइप जलेर नष्ट भएको छ ।
त्यसैगरी आगलागीबाट रामेछाप बजारको टेलिफोनको मुख्य लाइन तार र विद्युतको तार समेत जलेर नष्ट भएपछि रामेछापमा बुधबार बिहानदेखि विद्युत सेवा अवरुद्ध हुन पुगेको छ भने ल्यान्डलाइन टेलिफोन समेत ठप्प भएको छ ।
पुरानो सदरमुकाम रामेछापको माथिल्लो बजारस्थित छतिवने खानेपानी उपभोक्ता समितिले स्टोर गरी राखेको ठाउँमा आगलागी भएको थियो । आगलागी के कसरी लागेको हो भन्ने खुल्न सकेको छैन् ।
स्टोरमा अकस्मात आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानिय नागरिकहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  ८ : ५९ बजे