५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

करेन्ट लागेर नेपाल आइडल रवि ओडकी आमाको ज्यान गयो !



कञ्चनपुर ।

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ । आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षकी विष्णाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मेसिनको नाङ्गो तारमा छुँदा विष्णालाई करेन्ट लागेको परिवारले बताएका छन ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  ५ : १० बजे