५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेस नेताले गरे वडाअध्यक्षलाई दुब्र्यवहार



गुल्मी ।
गुल्मीमा एक वडाअध्यक्षलाई दुर्वव्यवहार गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष श्यामलाल गिरीलाई मदिरा सेवन गरि आएका नेपाली काग्रेसका क्षेत्रिय सचिव समेत रहेका नेता रेखा कुमार जिसीले दुर्वव्यवहार गरेका हुन ।
वडाको जमलपोखरा माध्यमिक विद्यालयमा दिवा खाजाको विषयमा बसेको वैठकको विषयमा जिसीले वडा अध्यक्षलाई हातपात गदै दुर्वव्यवहार गरेको विद्यालयले जनाएको छ । दिवा खाजा कार्यक्रमको वैठक सकेर निस्कन लागेका थियौ विद्यालयका प्राधानाध्यापक ढुण्डीराज अर्याल भने“ वैठकले गरेका निर्णयहरु रेखा जिसीले माग्नुभएको थियो भोली दिन्छौ भनेपछि वडा अध्यक्षमाथी सामान्य हात हालाहाल भएको हो ।”
वडाअध्यक्षमाथी दुर्वव्यवहार भएको घटनाले गाउँपालिकालाई गम्भिर बनाएको मालिका गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रित बहादुर थापाका अनुसार निर्वा्चित जनप्रतिनिधीलाई सार्वजनिक स्थानमा हात हाल्ने र कुटपिट भएको घटना अत्यन्तै दुःखद भएको बताए ।
समस्या भए बसेर छलफलको माध्यमवाट टुङ्गाउन सकिन्थ्यो अध्यक्ष थापाले भने“ नेपाली काग्रेस जस्तो जिम्मेवार पाटीको नेताले जनप्रतिनिधीमाथी हात हाल्ने र कुटपिट गर्ने काम एकदमै निन्दनीय छ ।” काग्रेस नेता जिसीलाई यसभन्दा अगाडि पनि केही घटनामा प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७५ मंगलबार ००:००  ११ : १२ बजे