५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्वदेशमै गरे के हुँदैन !



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा न. ९ र ८ मा बस्ने भिमार्जन पौडेल र लोकराज वेल्वासे लामो समयसम्म साउदी अरबमा रोजगारीमा थिए । विदेशमा भन्दा आफ्नै देशमै उद्यम गर्ने सोच बनाएर उनीहरु फर्केका छन् । यी युवाहरु पछिल्लो समय सरकारले प्रोत्साहन स्वरुप कृषिक्षेत्रमा दिएको अनुदान देखेर पशु व्यवसायमा आकर्षित भएका हुन ।
जसमा वाणगंगा ९ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडबाट २० लाखको ऋण लिएर उनीहरु कृषि क्षेत्रमा हानिए । ८ लाख आफ्नै लगानी र २० लाख ऋष गरी २८ लाखको लगानीमा दुई बिगाहा जग्गा भाडामा लिएर पौडेल र बेल्वासेले “दाजुभाई भैसीपालन फर्म” सञ्चालन गरिरहेका छन ।
फर्ममा उन्नत जातका २० वटा मुर्रा भैंसी रहेका छन् । दैनिक ७० लिटर दूध संकलन हुने गरेको सञ्चालक पौडेल बताउनुहुन्छ । यो दुध बेभ्च्दा मासिक १ लाख ३० हजार आम्दानी हुने गरेको उहाँको भनाई छ । फर्ममा १२ जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन ।
बाणगंगा पशु शाखा प्रमुख रुप नारायण श्रेष्ठले उद्यमी किसानहरुलाई अनुदानको लागि नगर पशु सेवा कार्यालय मार्फत प्रदेशमा सिफारिश गरीएको र ती फर्मको प्रदेशबाट अनुगमन गरी आवश्यक प्रक्रियाबाट अनुदान उपलब्ध हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० पुस २०७५ मंगलबार ००:००  ३ : २२ बजे