५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पश्चिमी क्षेत्रका नेता विकासको माग गर्दै काठमाडौं, मन्त्री देखि भारतीय राजदुत सम्म भेटे !



मनिष गुप्ता, कपिलवस्तु ।
कपिलवस्तुको सम्पूर्ण विकासका लागि मन्त्री देखि भारतीय राजदुत सम्मको भेटबार्ता पूर्व मन्त्री इश्वर दयाल मिश्र लगायतका नेताले गरेका छन । पूर्व मन्त्री मिरु लगायतको टोलीले कपिलवस्तु क्षेत्र नं ३ को समग्र विकासका लागि भारतीय राजदूत मुनजीत सिंह पुरी संग भेटवार्ता गरिएको जनाइएको छ । मिश्रको नेतृत्वमा नेपाल सरकारका पुर्व सहसचिव चिरंजिवी भण्डारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र सोही गाउँपालिकाका समाजसेवी अर्जुन सापकोटा लगायत चार जनाको प्रतिनिधि मण्डल भारतिय राजदुतावास पुगेको बताइएको छ ।
टोलीले भारतीय राजदूत संग औपचारिक भेटवार्ता तथा कपिलवस्तु जिल्लाको विकासका लागि भारतिय राजदुत पुरीलाई डेलिगेशन दिएको नेपाल सरकारका पुर्व सहसचिव चिरंजीवी भण्डारीले जनाएका छन । कपिलवस्तुको पश्चिम क्षेत्र नं ३ मा शिक्षा, स्वास्थ्य, खानेपानी र सड़क लगायत अन्य विकास गर्न साथै विजयनगर गाउँपालिकामा कृषि, स्वास्थ्य र इन्जिनियर शिक्षा हासिल गर्नको लागि टेक्निकल विद्यालय, क्याम्पस स्थापना लगायत अन्य विकास निर्माणका कार्य गर्न भनिएको छ ।
साथै भारतीय राजदूत पुरीलाई विजयनगर गाउँपालिकाको भ्रमण गर्न अनुरोध समेत गरिएको छ । भारतीय राजदूत मुनजीत सिंह पुरीले आफू उक्त क्षेत्रको भ्रमण गर्ने प्रतिबद्धता दिनुका साथै उक्त क्षेत्रको विकासका लागि आर्थिक र प्राविधिक लगायत अन्य स्तरबाट आफू सदैव सहयोग गर्ने कुरा नेपाल सरकारका पूर्व सहसचिव भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० पुस २०७५ मंगलबार ००:००  २ : ५८ बजे