५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तातोपानीमा डुबेर घाइते बालकको मृत्यु



पाल्पा ।
तातोपानीमा डुबेर घाइते बालकको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका(७ का गोमा पाण्डेकी ५ वर्षीय छोरा सागर पाण्डेको मृत्यु भएको हो । २ पुसमा घरमा ताउलोमा तताउँदै गरेको पानीमा डुबेर बालक घाइते भएका थिए । उनको पाल्पास्थित युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । उहाका अनुसार शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ९ : ०८ बजे