५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु



बैतडी ।

अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहराको अपरिचित व्यक्तिको कुटाईबाट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ९ : ०० बजे