५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घना बस्तीमा आगलागी, ८७ घर जले



कालिकोट ।
पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ । आइतबार रातिबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रण गर्न खोज्दा पलाँता १ का कर्णप्रसाद न्यौपाने, देवराज हमाल, बिष्णुऋषि न्यौपाने, करिश्मा न्यौपाने, रत्न न्यौपाने, रत्नलाल न्यौपाने र पचाल झरना ६ की चन्द्ररुपा न्यौपाने सामान्य घाइते भएका छन् । २ भैंसी, २ बाख्रा र १४ गोरु जलेका छन् । खानेपानीको अभाव रहेको खाडाबस्तीमा आगो नियन्त्रण लिन कठिनाइ भएको छ । खाडा खरको छाना भएको पलाँता घना बस्ती हो ।
स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाडा गणेश आधारभूत विद्यालय सगैको टोलको बस्तीका आगलागी भएको हो । मानवीय क्षति भने नभएको स्थानीयबासिन्दाले जनाएका छन् ।
यसैबिच कर्णाली प्रदेश सरकारले कालिकोटको पलाता गाउँपालिका १ खाडामा सोमबार बिहान भएको आगलागीमा पीडित परिवारलाई तत्काल प्रति परिवार २० हजार रकम उपलब्ध गराउने भएको छ । आगलागीबाट ठूलो आर्थिक भौतिक क्षतिप्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालै राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ८ : १५ बजे