५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रुग्यास प्रहार



दाङ ।
दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई बिहान ११ बजे ठक्कर दिदाँ चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखालीका २९ वर्षीय मेघराज पुनमगरको मृत्यु भएको हो ।
स्कुटरको पछाडि बसेका फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन् । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यसैबीच घटना पछि पीडित र स्थानीयहरुले बसमा तोडफोड गरेका छन् । बसका चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै उनीहरुले शव समेत उठाउन दिएका थिएनन् ।
प्रहरीले एक दर्जन अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको छ । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने बसलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । ठक्कर दिने बसका चालकलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ८ : १० बजे