५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विजय जयसवाल कांग्रेस महाधिवेशन प्रतिनिधी !



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली कांग्रेसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदार र नेपाली कांग्रेस कपिवस्तुका युवा नेता विजय जयसवाल बीच भेटवार्ता भएको छ । भेटघाट कार्यमा विजय जयसवाले नेता गच्छदारको प्यानलबाट महाधिवेशन प्रतिनिधी समेत पाउनु भएको छ ।
नेपाली कांग्रेस महासमिति बैठकको समयमा कपिलवस्तुबाट काठमाण्डौँ गएका जयसवालले कपिलवस्तुको समग्र विकासको लागि पहल गर्न नेपाली काग्रेंसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदारलाई आह्वान गर्नु भएको थियो ।
जयसवालले नेता गच्छदार सगं कपिलवस्तुको थारु, मधेशी, मुस्लिम आदीवासी जानजातीको हकअधिकारको बारेमा विशेष योजना ल्याउनाका लागि पहल गरिदिनु हुन आग्रह गर्नुभएको थियो । गच्छदारले कपिलवस्तुको विकासका लागि आफु पटक पटक विभिन्न मन्त्रालयमा गई पहल गरेको बताउनुभयो ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ७ : २८ बजे