५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश ५ मा चालकलाई मोबाइल चलाउन रोक



दाङ ।
दुर्घटना न्यूनीकरण गर्न प्रदेश ५ प्रहरीले सवारी चलाउँदा चालकहरूलाई मोवाइल प्रयोग गर्न रोक लगाएको छ । एकपछि अर्को ठूला दुर्घटनाहरू भइरहेको बेला प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले बताउनुभयो ।
चालकले मोबाइलमा कुरा गर्दा अधिकाश ठूला घटनाहरू घटेका छन अब मोटरसाइकलदेखि अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउदा मोवाइल फोनको प्रयोग गरेको पाइएमा अन द स्पट कारवाही गरिने समेत बताउनुभयो ।
यसमा यात्रु समेत सचेत रहनु पर्ने उहाको भनाई थियो। प्रहरीले सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कारवाही अगाडि बढाइने समेत जानकारी दिएको छ ।
यात्रुहरू सचेत भएर यात्रा गर्दा अझ सुरक्षित हुन्छ हामीले ट्राफिक र सहचालक लाई राखेर ठाउँ ठाउँमा यात्रुलाई सचेतना र जानकारी दिन अभियान समेत सुरु गर्न लागेको उहाले बताउनुभयो । विशेष गरी लामो रुटहरूमा सञ्चालन हुने सवारी साधनलाई रिफ्रेस सेण्टरमा १५ मिनेट रोकेर यात्रुलाई गन्तव्यमा पुग्न यति समय लाग्छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ७ : २३ बजे