५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बालिकालाई फकाएर भारत लैजान खोज्ने दुई युवा पक्राउ



नुवाकोट ।
बालिकालाई फकाएर भारत लैजान खोज्ने दुई युवा पक्राउ परेका छन् । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तादी गाउँपालिकाका कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको हो ।
उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग र्पुयाउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती दुईविरुद्ध आइतबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ५ : ४० बजे