५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश नम्बर ५ प्रदेशसभाको तेस्रो अधिवेसन अन्तर्गतको दोस्रो बैठक आज



बुटवल ।
प्रदेश नम्बर ५ प्रदेशसभाको तेस्रो अधिवेसन अन्तर्गतको दोस्रो बैठक आइतबार बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा केही सांसदहरुले सार्वजनिक महत्वको विषयमा विशेष समय लिएर बोल्ने कार्यतालिका छ ।यसका साथै प्रदेश नम्बर ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५, संघ संस्थाहरुको दर्ता सम्बनधमा व्यवस्था गर्न बनकेको विधेयक निर्णयार्थ प्रस्तुत हुने छ ।यस्तै आइतबारको बैठकमा तीनवटा थप विधेयकहरु छलफलका लागि पेश हुनेछन् ।

प्रदेश नम्बर ५ अन्त्र प्रदेश बासिन्दा समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ प्रशासकीय कार्यविधि ९नियमित गर्ने ० सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश हुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ४ : ३७ बजे