५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज प्रदेश ५ का सबै सिटिइभिटी र दाङका निजी विद्यालय बन्द



कपिलवस्तु ।
प्रदेश नम्बर ५ अन्तरगतका सबै प्राविधिक शिक्षालयहरु आज बन्द भएका छन् । दाङको तुलसीपुरमा २३ जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा १९ जना शिक्षक र २ जना परेकाहरुलाई शोक व्यक्त गर्नको लागि आज प्रदेशका सवै प्राविधिक शिक्षालहरु बन्द गर्ने निर्णय भएको निजि प्राविधिक शिक्षालय महासंघ शनिबार विज्ञप्तीमार्फत् जनाएको छ । सचिव द्रोण प्रसाद भुषालद्धारा जारी वक्तब्यमा मृत आत्माको चिर शान्तीको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गएिको छ । साथै महासंघले दुर्घटनामा घाईतेको उपचारमा कुनै कसर बाँकी नरहने गरी काम गर्न पनि सम्न्धित निकायलाई अनुरोध गरेको छ ।

यसैबीच आज दाङका शैक्षिक संस्थाहरु पनि बन्द भएका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाभित्र रहेका शिक्षण संस्था बन्द भएका हुन्।् ।
शैक्षिक क्षेत्रमा भएको सबैभन्दा ठूलो दुर्घटना उल्लेख गर्दै स्थानीय शिक्षा समितिले घोराही, तुलसीपुर र लमही क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारीदिनुभएको हो । शुक्रबार दाङको राम्रीमा भएको बस दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो ।

सभामुख कृष्णबहादुर महराले दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बस दुर्घटनाप्रति आफू निकै मर्माहत भएको बताउनुभएको छ ।

आज शोक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सभामुख महराले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न अपील गर्नुभएको छ ।

सभामुख महराले सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि सडकको समय–समयमा मर्मत सम्भार, सवारी साधनको अवस्थाको नियमित चेकजाँच र चालकलाई सम्भावित दुर्घटनाबाट कसरी बच्ने÷बचाउनेजस्ता प्रशिक्षणको व्यवस्था गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ४ : २६ बजे