५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विद्यार्थी निधनको शोकमा भोली प्रदेश ५ का सवै सिटीइभिटी र दाङका विद्यालय बन्द



दीपा महत ।

प्रदेश नम्बर ५ अन्तरगतका सबै  प्राविधिक शिक्षालयहरु भोली (आइतबार) बन्द हुने भएका छन् । दाङको तुलसीपुरमा २३ जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा परेकाहरुलाई शोक व्यक्त गर्नको लागि भोली प्रदेशका सवै प्राविधिक शिक्षालहरु बन्द गर्ने निर्णय भएको  निजि प्राविधिक शिक्षालय महासंघ शनिबार विज्ञप्तीमार्फत् जनाएको छ ।

साथै महासंघले दुर्घटनामा घाईतेको उपचारमा कुनै कसर बाँकी नरहने गरी काम गर्न पनि सम्न्धित निकायलाई अनुरोध गरेको छ । सचिव द्रोण प्रसाद भुषालद्धारा जारी वक्तब्यमा मृत आत्माको चिर शान्तीको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गएिको छ ।

यसैबिच भोली दाङका शैक्षिक संस्थाहरु प्नि बन्द गरिने जनाइएको छ ।भोलीको दिन जिल्लाका सवै नीजि विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको छ ।घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाभित्र रहेका शिक्षण संस्था बन्द हुने भएका हुन्।

शैक्षिक क्षेत्रमा भएको सबैभन्दा ठूलो दुर्घटना उल्लेख गर्दै स्थानीय शिक्षा समितिले घोराही, तुलसीपुर र लमही क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारीदिनुभएको हो ।

घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार बस तुलसीपुर उपमहानगरपालिका—३ राम्रीमा दुर्घटना भएको जनाउँदै शोकमा घोराहीमा पनि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको प्रमुख नरुलाल चौधरीले बताउनु भयो ।

यस्तै लमही नगरपालिका क्षेत्रका शिक्षण संस्था शोकमा बन्द गर्ने निर्णय भएको सामाजिक विकास समितिका संयोजक तथा नगर शिक्षा समिति सदस्य गणेशमान चौधरीले जानकारी दिए। दुर्घटनामा परी २३ जनाको निधन भएको छ। १४ जना घाइते भएका थिए।

शनिबार दाङको राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जनाकै सनाखत भएको थियो ।  इलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १ र १ जना रहेका छन ।

बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर विद्यार्थी तथा शिक्षकहरू भ्रमणमा गएका थिए। दुर्घटना शुक्रबार करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  १ : ५३ बजे