५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङ दुर्घटनामा परी मृत्यु भएका २३ जनाकै सनाखत



दाङ ।
दाङको राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १ र १ जना रहेका छन ।
दुर्घटनामा दाङका बस चालक घोराही उपमहानगरपालिका ३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका १७ का २८ वर्षीय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका १८ का २२ वर्षीय गणेश बिक, विद्यार्थीहरू घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ वर्षीया कबिता खत्री, दंगीशरण गाउँपालिका १ घर भएका २० वर्षीय सञ्जीत रत्गैयाँ रहेका छन ।
त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ वर्षीया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० वर्षीय वीरेन्द्र कडारा, जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ वर्षीया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ वर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ वर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ वर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री, जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन्। त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ वर्षीय नरेश वली, डोल्पा जग्दुला ७ निवासी १६ वर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ वर्षीय आतिश नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ वर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ वर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परी मृत्यु भएको हो। दुर्घटनाका परी १९ पुरुष र ४ महिलाको मृत्युभएको हो। जुम्लालगायत टाढाका जिल्लाको शव लिन शनिबार हेलिकोप्टर तुलसीपुर आउने भएको छ। साथै १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भइरहेको छ। राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो। २२ जना घटना स्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको हो। घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन वातावरणका विद्यार्थी सल्यानको मुलपानीमा रहेको बनस्पति उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर विद्यार्थी तथा शिक्षकहरू भ्रमणमा गएका थिए। दुर्घटना शुक्रबार करिब ५ बजेतिर दुर्घटनामा परेको हो।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  ११ : २२ बजे