५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङ दुर्घटनाप्रति नेकपाद्वारा शोक



काठमाडौँ ।
नेकपा स्थायी समितिको बैठकले दाङको बस दुर्घटनाप्रति शोक व्यक्त गरेको छ। ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली प्रकट र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको र उनीहरुको उपचार निःशुल्क गर्न सरकारसँग माग गरेको छ।
शनिबार पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथी पाँच जना सदस्यहरुले आफ्ना विचार र धारणा व्यक्त गरेका छन्। गिरिराजमणी पोखरेल,विष्णु पौडेल, रामबहादुर थापा, झलनाथ खनाल र माधव नेपालले आफ्नो धारणा राखेका छन्।
प्रदीप ज्ञवाली आज मात्रै आएको र भोली उनले धारणा राख्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अध्यक्षद्वय ओली र दाहालले आइतबार प्रस्तुत विचारका सम्बन्धमा जवाफ दिने उनले बताए ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  ६ : ५५ बजे