५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दुर्घटना अपडेटः थप १ को मृत्यु, मृतक २३ मध्ये १४ जनाको सनाखत, अस्पत्तालमा रुवाबासी



चन्द्रकान्त न्यौपाने ।

तुलसीपुरउपमहानगरपालिका दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेो संख्या २३ पुगेको छ । जसमा १४ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा ४ महिला र १९ पुरुष रहेका छन् । मृत्यु हुनेहरुमा कचनपुरका खेमराज भट्ट, घोराहीकी कविता खत्री, घोराहीकै विजय घर्ति मगर, जाजरकोटका आतिस नेपाली, जुम्लाकी कुसुम रावल, डोल्पाका गजेन्द्र ऐडी, घोराही दाङका प्रदीप घिमिरे, रुकुम पूर्वका नरेश वली, दाङको दंगिशरणका संजीत रत्गैया रहेका छन् ।

यस्तै मदन केसी, शैलजा शाही, अर्जुन शाही, वीरेन्द्र कण्डारा र हिक्मत बोहराको पनि मृत्यु भएको छ । उनीहरुको ठेगाना खुल्न बाँकी छ ।

२२ मध्ये हो भने थप एकजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अस्पतालमा मृत्यु हुनेमा जुम्लाका बिरेन्द्र कण्डारा रहेका छन् । अझै १४ जना घाइते छन् । घाइते सबैलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर बाँके रिफर गरिएको छ ।
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो।

मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरि ३७ जना रहेको प्रहरीले जनाएको छ । तर बाटोमा दुईजना यात्रु थपिएका भनिएपनि त्यसबारे पुष्टि भएको छैन ।
अहिले राप्ती अस्पतालमा मृतकका आफन्तहरु प्ुगेका छन् ।

मृतकका परिवारले शव बुझेका छन् भने बाँकीलाई पहिचान गर्ने काम भइरहेको छ । अस्पत्तलमा पयर्नप्त शवबाहान नहुुँदा शवहरु एठाउन समस्या भएको छ । अस्पतालमा सर्वसाधारण र मृतकका आफन्तको भीँड लागेको छ । मृतकका आफन्तहरु रोइकराई गरिरहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  ५ : २१ बजे