५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

इपिएल फाइनल उपाधिका लागि आज, भैरहवा र ललितपुरबिच प्रतिस्पर्धा



काठमाण्डौँ ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि भैरहवा ग्लाडियटर्स र ललिपुर प्याट्रियट्सबिच दिउँसो साढे १२ बजेपछि प्रतिस्पर्धा हुँदैछ ।

भैरहवा क्वालिफायर दुईमा काठमाडौँ किंग्स ११ लाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यस्तै ललितपुरले क्वालिफायर एकमा काठमाडौँ ११ लाई नै एक विकेटले हराएको थियो ।

भैरहवा शरद भेषावकर तथा ललिपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । भैरहवाले प्रतियोगितामा अहिलेसम्म भएका सात खेलमा पाँच खेल जितेको छ भने दुई खेलमा हार बेहोरेको छ ।

६ खेल खेलेको ललितपुरले पाँचमा जित र एकमा हार बेहोरेको छ । दुवै टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  ४ : ५३ बजे