५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङ दुर्घटना अपडेटः मृतक २२ मध्ये ८ जनाको सनाखत (नामसहित)



दाङ ।
दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु भएका २२ जना मध्ये ८ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा ४ महिला र १८ पुरुष रहेका छन् । अहिले सम्म घोराही ३ का बस चालक ३२ वर्षका मदन केसी , घोराही १७ का शिक्षक २८ वर्षका प्रदीप घिमेरे , दंगिशरण १ का ३० वर्षका सन्जीप रत्गैया, पुर्वि रुकुम भुमे गाउँपालीका ६ का २८ वर्षका शिक्षक नरेश वली , घोराही १४ का १४ वर्षका विजय जिएम, भेरी नगरपालीका जाजरकोटका आतिश नेपाली, चन्दननाथ नगरपालीका जुम्लाका हिक्मत बोहरा र कृष्णपुर ५ कन्चनपुरका खेमराज भट्टको मात्रै सनाखत भएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन । घाईते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन । मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । उनीहरुलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिनु भयो ।

बसमा शिक्षालयका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरि ३७ जना रहेको प्रहरीले जनाएको छ । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो। ३७ जना यात्रु रहेको उक्त बस ६(७ सय मिटर तल खसेको हो ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  ४ : ४७ बजे