५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

शैक्षिक भ्रमण वस दुर्घटना अपडेटः मृतक २२ मध्ये ५ जनाको सनाखत, १५ जनाको उपचार जारी



दाङ ।
दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान जाने २२ जनामध्ये ५ जनाको सनाखत भएको छ । पुगेको छ । ज्यान गुमाउनेमा ४ महिला र १८ पुरुष रहेका छन् । १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार बस चालक घोराही उपमहानगरपालिका वडा नं। ३ का मदन केसी, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं। १७ का २८ वर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षिय नरेश वली रहेका छन् । दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका वडा नं। १ का ३० वर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं। १४ का २७ वर्षिय विजय जिएमको ज्यान गएको छ । अन्यको पनि सनाखत हुने डिएसपी शाहीले जानकारी दिनु भयो ।

मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी रहेका छन् । घाइते सबैलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ । बसमा शिक्षालयका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरि ३७ जना रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो। ३७ जना यात्रु रहेको उक्त बस ६(७ सय मिटर तल खसेको हो ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  १ : १९ बजे