५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङमा दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या २२ पुग्यो, १५ जना घाइते



दाङ ।

दाङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।  घटनामा १५ जना घाइते भएका छन्  । तुलसीपुर उपमहानगरपालिका वडा नं ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस सडकबाट खसेको थियो ।

दुर्घटनामा २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । मृतकमध्ये अधिकांश पुरुष छन् ।  महिलाको संख्या ५ । ६ जना रहेका छन् । जति रहेको जानकारी

त्यस्तै थप एकजना घाइतेको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका सबै व्यक्तिको सनाखत हुन सकेको छैन ।

१५ जना घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेका छन् । उनीहरुके राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

बसमा दाङको घोराही उपमहानगरपालिका वडा नं १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार थिए ।

वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार नै कपुरकोट गएका थिए । तीनै विद्यार्थी र शिक्षक सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरी दाङ तर्फ फर्कंदै गर्दा शुक्रबार साँझ ५ बजेतिर दुर्घटनामा परेका हुन ।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  ४ : ४३ बजे