५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झुपडीको आवाज बन्यो नेपाल आइडल २



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
रवि ओड नेपाल आइडल सिजन २ हुन सफल भएका छन् । पोखराका वीक्रम बराललाई पछि पार्दै उनले उपााधि जितेका छन् । उनले नगद २२ लाख र गोल्डेन माइक पाए । धनगढी अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रदर्शन गर्दै सबैको मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन् ।

वीक्रम बराल दोश्रो भएका छन् । प्रतियोगितामा झापाका सुमित पाठक तेश्रो भए । उनले १२ लाख पाएका छन् । आइडलकी एक मात्र महिला प्रतियोगि अस्मिता अधिकारी चौथो भएकी छन् ।सुदुरपश्चिमका रवि ओड सामान्य परिवारका व्यक्ति हुन् । फाइनल अघि सार्वजनिक भएको उनको भिडियोले सबैको मन छोएको थियो ।उनले होण्डा स्कुटर पाएकी छन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । रातको पनि प्रवाह नगरी कार्यक्रममा हजारौँ दर्शकको उपस्थििति रहेको थियो ।

 

फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा सम्पन्न भएको थियो । जजमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा रहेका थिए । नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य रहेका थिए ।यसअघि सम्पन्न पहिलो नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले हात पारेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  ३ : ३७ बजे