५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङ वस दुर्घटना अपडेटःमृत्यु हुनेको संख्या  १६ पुग्यो, ३ महिला र १३ पुरूष



दाङ ।

दाङमा शिक्षक विद्यार्थी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेकामृत्यु हुनेको संख्या  १६ जना पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ महिला र १३ पुरूषसहित १६ जनाको मृत्यु भएको दाङका दाङ प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार साँझ दुर्घटनामा परेको हो। बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेका थिए।

धेरै हताहती भएको हुनसक्ने प्रहरीको अनुमान छ। बसमा ९ जना महिला र २२ जना पुरूष रहेको दुर्घटनामा घाइते भएका विद्यार्थीले जानकारी दिएका छन्।यद्यपि, दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  २ : ०७ बजे