५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङ वस दुर्घटना अपडेटः मृतकको संख्या १० पुग्यो, घाइतेको उपचार हुँदै



दाङ ।
दाङमा शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा परी मृत्यु हनेको संख्या १० पुगेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ । घटनास्थलमा १ महिला ९ पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा ३ महिला १ पुरुष नाम थर नखुलेको र घाइतेहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याई पुर्यामइएको प्रहरीले जनाएको छ । बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बसे बस सडकबाट ६ सय मिटर तल खसको थियो । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।

उहाँका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  १ : ३८ बजे