५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्थानीय तहका कर्मचारी आन्दोलित, मारमा सेवाग्राही



मायादेवी अनलाइन, कपिलवस्तु । 

स्थानीय तहका कर्मचारीको आन्दोलनले देशभरका स्थानीय तहका कामकाज प्रभावित भएका छन । स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकहरुको उचित व्यवस्थापन गर्न माग गर्दै आन्दोलित कर्मचारीहरूका कारण सेवाग्राही प्रत्यक्ष मारमा परेका छन ।

कपिलवस्तुको निग्लिहवाका पवन थारु नगरपालिकाको कामले तौलिहवा जानुभयो । कपिलवस्तु नगरपालिकाका कर्मचारी आन्दोलित हुँदा उहाको काम बनेन । दुखि हुदै उहाँ घर फर्किनुभयो । कर्मचारी धर्नामा बसेपछि आफ्नो काम हुन नसकेको उहाको गुनासो थियो ।

कर्मचारी समायोजन अध्यादेश प्रमाणीकरण गरेपछि मंसिर २३ गतदेखि कर्मचारीहरु आन्दोलित छन । कर्मचारी समायोजन अध्यादेश आफू अनुकल नआएपछि देशभरकै स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएन केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नम्बर पाँचका संयोजक सितुप्रसाद श्रेष्ठले आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

स्थानीय निकायका कर्मचारीको तहगत बढुवा तथा श्रेणीविहीनको स्तरवृद्धि गरिनुपर्ने, कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहमा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविकका स्थानीय निकायकाका कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गरिनुपर्ने, अस्थायी करार, ज्यालादारी, सामाजिक परिचालको सेवा निरन्तता गर्नुपर्ने लगायतका माग उनीहरुको रहेको छ ।

कर्मचारीको आन्दोलनले कपिलवस्तुको वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका सहित चार आटै गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन ।

सबै कर्मचारी आन्दोलित हुँदा स्थानीय तहका कामकारवाही प्रभावित भएका छन । कर्मचारीहरु हाजिर गरेर धर्नामा बसेका छन । प्रदेश नम्बर पाँचमा १ सय ९ स्थानीय तह छन । प्रदेश नम्बर पाँचमा ३ हजार कर्मचारी कार्यरत छन ।

 

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  १२ : २८ बजे