५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वाणगंगा नगरकार्यपालिकाको बैठक बस्यो, के के भए निर्णय ?



दीपा महत, वाणगंगा । 

वाणगंगा नगर कार्यपालिको वैठककले विभिन्न निर्णय गरेको छ । विहीबार नगरपालिमा सम्पन्न बैठकले गत मंसिर २९ गते हृदयघातका कारण निधन हुनुभएकी वडा सदस्य विमला नेपालीको शोक प्रस्ताव पारित गर्दै केहि समय मौन धारण पनि गरेको छ ।

यस्तै शिक्षा पूर्वाधार तर्फको ३० लाख वजेट नगरका विभिन्न विद्यालयलाई विनियोजन गरेको छ भने उक्त विद्यालयमा मनकामना संस्कृत विद्यापिठ र मदरसा पनि रहेको प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

वैठकले वडा नम्बर ९ भलवाडमा रहेको सामुदायिक सिकाई केन्द्रलाई नविकरण गर्ने, स्थानिय तहका कर्मचारी समायोजन मन्त्रालयको निर्देशनमा गर्ने भएको छ भने आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन हुने बहुपोषण कार्यक्रम पनि सोही वैठकले स्विकृत गरेको छ । वैठकमा स्थानिय तहका कर्मचारीको आन्दोलनको बारेमा ईन्द्रमणी गैरेले जानकारी गराउनुभएको थियो ।

बैठक मेयर मंगल प्रसाद थारुको अध्यक्षता, उपमेयर चक्र आर्याल, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी, सम्पूर्ण वडाका वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य लगाएतको उपस्थितमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  १२ : २५ बजे