५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रुपन्देहीलाई आज खुला दिसामुक्त घोषणा गरिदै



बुटवल ।
रुपन्देही जिल्लाका १ लाख ६३ हजार ८ सय ६३ घरधुरीमा शौचालय निर्माण भएसँगै ११ वर्षअघि सुरु भएको अभियानले पूर्णता पाउने भएको छ । जिल्लालाई आज एक समारोहका बीच खुला दिसामुक्त घोषणा गरिदै छ ।
२०६४ सालमा अभियान थालेपछि ९० हजार १ सय ९ वटा घरमा शौचालय बनाइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्राबिधिक ईश्वरी प्रसाद आचार्यले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारीको अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितीको रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जानकारी दिनुभयो ।
लुम्बिनीमा एक कार्यक्रम आयोजना गरी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नुहुने छ । प्रदेश ५ का जिल्लाहरुमा प्युठान पहिलो पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो । रुपन्देही देशका ७७ जिल्लामा खुल्ला दिसामुक्त हुने ६१ औं जिल्ला हो ।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  १२ : २४ बजे