५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मुख्यमन्त्री भन्छ्न, यहाँ हजारौं केपी ओलीहरु जन्मिनुपर्छ



बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनुपर्ने बताउनुभएको छ । एउटा केपी ओलीले नपुग्ने भन्दै यहाँ सपना देख्न हजारौं ओली जन्मिनुपर्नेमा जोड दिनुभयो ।
बुटवलमा आयोजित लुम्बिनी एक्सपोको उद्घाटन गर्दैमुख्यमन्त्री पोखरेलले सपना नदेखी केही प्रगति नहुने भन्दै एउटा केपी ओलीले नपुग्ने भएकोले विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौं ओलीहरु जन्मिनुपर्ने तर्क गर्नुभएको हो ।
सरकार सही बाटोमा हिँडेको दावी गर्दै उहाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको बताउनुभयो । अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने उहाले बताउनुभयो ।
मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने उहाले दावी गर्नुभएको छ ।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  १२ : २१ बजे